Logo

सरकारी छाप दस्तखत किर्ते गर्ने पक्राउ



पर्वत, ९ मंसिर । सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादी फलेवास नगरपालिका–१० का हिमाल पौडेल पक्राउ परेका छन् ।

जिल्ला अदालत बाग्लुङको २०७१ असार १९ गतेको फैसलाले उक्त मुद्दामा ११ महिना ८ दिन कैद र नगद ५० रुपैयाँ जरिवाना ठहर भई फरार रहेका हिमाललाई प्रहरी चौकी फलेवास पर्वतबाट खटीएको प्रहरीले उनकै घरमा फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्