रौतहट, ९ मंसिर । कुटपिट गरी हत्या गरेको अभियोगमा दुई जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । छिमेकी ५० वर्षीय अमिरी पासवानलाई कुटपिट गरी हत्या गरेको अभियोगमा बृन्दावन नगरपालिका–७ धमौरा गाउँका विकास पासवान र विन्दा पासवान पक्राउ परेका हुन् ।
मादक पद्धार्थ सेवन गरेका बिकाश समेतले कुटपिट गर्दा गम्भीर घाइते भएका अमिरीको गरुडा बजारस्थित गरुडा सिटि हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गरुडा र प्रहरी चौकी हर्साहाबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।