Logo

वन रक्षक नै भक्षक भएपछि…



काठमाडौं, ९ मंसिर । सव-डिभिजन वन कार्यालय, मुर्गीया, रूपन्देहीका वन रक्षक प्रेमचन्द्र विश्वकर्मामाथि भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको छ । सव–डिभिजन वन कार्यालयका वन रक्षक विश्वकर्माले पुर्जीवाला चिरान काठ ओसारपसार गर्न सहयोग गरेबापत सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा अख्तियारले अनुसन्धानको लागि नियन्त्रणमा लिएको थियो ।

उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा वन रक्षक विश्वकर्माले सेवाग्राहीलाई चिरान काठ ओसारपसार गर्ने सहज गरिदिएबापत १२ हजार घुस लिएको पुष्टि हुन आएको थियो ।

विश्वकर्मामाथि कानुन बमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्