Logo

राजनीतिक प्रस्तावमा न्यायालय जोडिएकोबारे प्रचण्डको सचिवालयको स्पष्टीकरण



काठमाडौं, ९ मंसिर । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कायृकारी अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले यसअघि सचिवालय बैठकमा अध्यक्ष दाहालले पेश गरेको राजनीतिक प्रस्तावमा न्यायपालिकाको मर्यादा र गरिमामाथि नभई बाहिर चर्चामा आएको विषयको आधारमा प्रधानमन्त्रीको न्यायपालिकासम्बन्धी धारणाबारे स्पष्ट हुन मात्रै खोजेको बताएको छ । दाहालले गत कार्तिक २८ गतेको पार्टीको सचिवालय बैठकमा १९ पृष्ठ लामो प्रस्ताव पेश गरेका थिए ।

आज एक विज्ञप्ती निकाल्दै दाहालको सचिवालयले भनेको छ,‘यही कार्तिक २८ गते हाम्रो पार्टीको सचिवालय बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा न्यायपालिकाको मर्यादा र गरिमामाथि नभई बाहिर चर्चामा आएको विषयको आधारमा प्रधानमन्त्रीको न्यायपालिका सम्बन्धी धारणा बारे स्पष्ट हुन मात्र खोजेको र स्वतन्त्र न्यायपालिका र यसका सम्माननीय प्रमुखसँग त्यसको कुनै सम्बन्ध नरहेको कुरा अध्यक्ष कमरेड प्रचण्डले स्पष्ट गर्नुभएको छ ।– सचिवालय”



प्रतिक्रिया दिनुहोस्