Logo

पाकिस्तानमा कोरोना भााइरसले भयाबह रुप लिँदै



९ मङ्सिर: पाकिस्तानमा गएको २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा बढी कोरोना भाइरसका संक्रमित भेटिएका बताइएको छ । गएको जुलाई ७ यताकै सबैभन्दा धेरै संक्रमित भेटिएका पाकिस्तानको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

सो मन्त्रालयका अनुसार त्यहाँ एकै दिनमा गएको २४ घन्टायता २ हजार ९५४ जना संक्रमित भेटिएका हुन् ।त्यहाँ पछिल्लो समयमा कोरोना भाइरसका संक्रमितहरु झन् बढ्दै गएको देखिएको छ । प्राप्त समाचारअनुसार त्यहाँ यो संगै संक्रमितको संख्या ३ लाख ७९ हजार ८८३ जना पुगेको छ ।

त्यहाँ भाइरसको संक्रमणबाट ७ हजार ७४४ जनाको ज्यान गएको छ । हाल त्यहाँ ४० हजारभन्दा बढी सक्रिय संक्रमित रहेका बताइएको छ ।यहाँ पछिल्लो समयमा भाइरसको संक्रमण बढ्दै गएपछि कतिपय राज्यहरुमा सार्वजनिक काममा प्रतिबन्ध लगाइएको छ ।

त्यहाँ शुरुमा संक्रमण त्यति नरहेको र निको हुने दर पनि राम्रो रहेको बताइएको थियो ।-एएनआई/Photo:Agency



प्रतिक्रिया दिनुहोस्