काठमाडौं, ९ मंसिर । गुर्जो अभियन्ता कमलबहादुर राजलवटले आज भोजपुर जिल्लाको सदरमुकामस्थित् जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरी, करदाता सेवा कार्यालयका कर अधिकृत रमेश पौडेल तथा स्थानीयवासी समेतलाई गरि करिव २०० गुर्जोको बेर्ना हस्तान्तरण गरेका छन् । राजलवट धुलिखेलका प्रमुख कर अधिकृत हुन् । यसअघि उनी आन्तरिक राजश्व कार्यालय, लहानमा प्रमुखको रुपमा कार्यरत थिए ।