Logo

चन्द्र ढकालसँग ऋषि धमलाको विशेष अन्तर्वार्ता, चुनाव जित्ने दाबी (भिडिओसहित)



काठमाडौं, १० मंसिर । नेपाल उद्योग वाणिज्य महासंघका वर्तमान उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका उम्मेद्धवार चन्द्र प्रसाद ढकालले आफ्नो विजयी सुनिश्चित् भएको दाबी गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने,‘म सानो व्यवसायबाट सुरु गरेर आज कर्पोरेट हाउसम्म सञ्चालन गर्ने व्यक्ति हुँ । सानोदेखि कर्पोरेट तहको व्यवसाय, एफडिआई प्रमोशन गर्ने, व्यवसायिक गतिविधि बढाउनको लागि मैले सबैको प्रतिनिधित्व ठानेको छु ।” उनले आफूलाई साझा उम्मेद्धवारको रुपमा लिईएकोले वरिष्ठ उपाध्यक्ष पदमा सजिलै विजयी हाँसिल गर्ने जनाए ।



प्रतिक्रिया दिनुहोस्