Logo

बालिकालाई यौन दुर्व्यवहार गर्ने स्कुलका प्रिन्सीपल पक्राउ



कपिलवस्तु, १० मसिर । बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा ४० वर्षका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । ११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा बुद्धभूमि नगरपालिका–१० भगवानपुरस्थित बुद्ध ज्ञान ज्योति बोर्डिङ स्कूलका प्रिन्सीपल कपिलवस्तु नगरपालिका–१ मालटोलका यम खान मंगलबार दिउँसो पक्राउ परेका हुन् ।

खानले मङ्सिर ४ गते ती बालिकालाई यौन दुर्व्यवहार गरेको खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय गोरुसिंगेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

 



प्रतिक्रिया दिनुहोस्