Logo

भारतीय विदेश सचिवले किन भेटेनन् प्रचण्डलाई ?



काठमाडौं, १२ मंसिर । नेपालको दुई दिने भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षबर्धन श्रृंगलाले नेपाल बसाईको क्रममा उच्चस्तरीय भेटवार्ता सम्पन्न गरिसकेका छन् । उनले हिजो (बिहीबार) काठमाडौं ओर्लिनेबित्तिकै परराष्ट्रसचिव, परराष्ट्रसविचस्तरीय प्रतिनिधि मण्डलको बैठक, परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीसँग शिष्टाचार भेटवार्ता, प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता, राष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरुसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

तर, विदेशसचिव हर्षबर्धनले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरु माधव कुमार नेपाल, झलनाथ खनाललगायतका शीर्ष नेताहरुसँग भेटवार्ता गरेनन् । हर्षवर्धनले जसपाका अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादवसँग पनि शिष्टाचार भेटवार्ता गरे । तर, दाहाल लगायतका नेकपाका शीर्ष नेताहरुसँग भेटवार्ता गरेनन् । उनी आजै स्वदेश फर्कने कार्यक्रम रहेको छ । सत्तारुढ नेकपाभित्र आन्तरिक विवाद चुलिरहेको अवस्थामा भारतीय विदेश सचिवले नेकपाका शीर्ष नेताहरुलाई भेट नगर्नुको रहस्य के होला? भनेर अहिले चर्चा भैरहेको छ । तर, दाहालको सचिवालयले भने दाहालले विदेश सचिवसँग भेट्न नचाहेको स्पष्ट पारेको छ ।

 



प्रतिक्रिया दिनुहोस्