Logo

मनको शान्ति खोज्दै ऋचा शर्मा



काठमाडौं, १२ मंसिर । कोरोना भाइरस महामारीको कारण कलाकारहरु मात्र सबै धेरै मानिसहरुमा मानसिक समस्या देखिएको छ । कतिले मानिसहरुले रोजगारी गुमाए भने कतिको आम्दानीको श्रोत बन्द भए । बच्चाहरुको पठनपाठन ठप्प भएकै कारण धेरै अभिभावकले रोजगारी गुमाउँनु परेको छ । यस्तो संकटकालिन समयमा मनलाई शान्त राख्न आवश्यक छ ।

महामारीको चपेटामा परेका कलाकारहरु मनलाई शान्त र एकाग्र बनाउन लागि परेका छन् । व्यायाम, योग, प्रणायामबाट मनलाई एकत्रित गर्ने प्रयासमा कलाकारहरु पनि लागेका देखिन्छन् । केही समय अगाडी कोरोनाबाट मुक्त भएकी नायिका ऋचा शर्माले मनलाई शान्त राख्नकै लागि सिङगिङ हिलिङ थेरापी सुरु गरेकी छिन् । शर्माले इन्स्टाग्राममार्फत तस्वीर सेयर गर्दै मनलाई शान्ती दिन थेरापी सुरु गरेको जानकारी दिएकी हुन् ।

ऋचाले सुरु गरेको यो पुरानो शैलीको थेरापीले तनाव कमगर्ने, मुड राम्रो बनाउने, ब्लड प्रेसर कम गर्ने र निन्द्रा नआउने समस्या हटाउने गर्छ । यो थेरापीमा ध्वनी निस्कने कचौराको प्रयोग गरिन्छ । यसबाट निस्कने ध्वनीले मानिसलाई आराम प्रदान गर्छ । सिङगिङ हिलिङ थेरापीका धेरै फाइदा छन् । ऋचाले थेरापी गरेका फोटो सेयर गर्दै लेखेकी छिन्, ‘जीवनको मुल्यवान चीज मनको शान्ती हो । शान्त आत्मा र कायाकल्पको लागि सिङगिङ थेरापी ।’



प्रतिक्रिया दिनुहोस्