Logo

रामकुमारी झाँक्रीले भनिन्- पार्टी नटुट्ने नाममा यस्तै पनि रहन सक्दैन



काठमाडौं, १२ मंसिर । नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य रामकुमार झाँक्रीले यथास्थितिमा पार्टी अगाडि बढ्न नसक्ने बताएकी छिन् । उनले पार्टीका सदस्यहरुको अपेक्षा एकता र रुपान्तरण रहेको बताइन् ।

नेकपा सचिवालय बैठकको पूर्वसन्ध्यामा आज सामाजिक सञ्जालमा लेख्दै झाँक्रीले पार्टी नटुट्ने नाममा यथास्थितिमा पनि रहन नसकिने बताइन् । उनले नेतृत्वलाई पार्टी एकताबद्ध बनाएर रुपान्तरणको आग्रह गरिन् ।

झाँक्रीले लेखेकी छिन्ः भोली सचिवालय बैठक अपेक्षा र प्रतिक्षा फरक फरक होलान।आज हाम्रा पार्टी सदस्यहरूको अपेक्षा भने,पार्टी एकता र रूपान्तरण हो।यथास्थितिमा पार्टी अगाडी बढ्न सक्दैन तर पार्टी एकता टुट्ने कुरा पनि कदापी गर्न सकिदैन।पार्टी नटुट्ने नाममा यस्तै पनि रहन सक्दैन।नेतृत्वगणलाई हार्दिक अपिल गर्दछु।



प्रतिक्रिया दिनुहोस्