Logo

स्पुतीनक भी कोरोना भाइरसविरुद्व ९५ प्रतिशत प्रभावकारी



एजेन्सी, १४ मंङसिर । रुसद्वारा निर्माण गरिएको कोरोना विरुद्वको खोपको प्रभाव ९५ प्रतिशत देखिएको बेलायती विज्ञले जनाएका छन् । उक्त विषयको जानकारी बेलायती विज्ञले टेलिभिजनमार्फत दिएका हुन् ।

लण्डन स्कुल अफ हाईजीन तथा ट्रोपीकल मेडिसिनका प्रोफेसर स्टिफन इभान्सले स्पुतनीक भीको डाटाले खोप ९५ प्रतिशत प्रभावकारी देखिएको बताएका थिए । स्पुतनीक भीको डाटाले अन्य खोप भन्दा निरन्तर एक सामान प्रभावकारी देखाएको कारण कोरोना विरुद्व लड्न खोपले मद्दत पुर्याउने जनाएका थिए ।

यो विश्वव्यापी रुपमा खुशीको खबर रहेको समेत बेलायती प्राफेसरले जनाएका थिए । रुसले अगस्त ११ मा कोरोना भाइरसविरुद्वको खोपको औपचारिक घोषणा गरेको थियो । अगामी जुन जुलाईमा स्पुतनीक भीको परिक्षण सफलता पूर्वक समाप्त हुने रुसी स्वास्थ्य मन्त्रीले अगावै जनाएका थिए । कोरोना खोप संक्रमित व्यक्तिमा प्रयोग गरेको ४२ औँ दिनमा अर्को डोज दिन विषय समेत सार्वजनिक भएको छ ।-Photo Source: TASS



प्रतिक्रिया दिनुहोस्