Logo

ओलीलाई छाड्न लगाएर नेपाललाई अध्यक्ष बनाउने गरी सहमति निकाल्न पूर्व एमाले नेताहरु सक्रिय



काठमाडौं, १४ मंसिर । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारको सचिवालय बैठकमा शर्तसहित आफू अध्यक्ष पद छाड्न तयार रहेको बताए । नयाँ पुस्तालाई पार्टीको नेतृत्व हस्तान्तरण गर्ने शर्तमा उनले अध्यक्ष पद छाड्न तयार रहेको बताएपनि प्रधानमन्त्री पद छाड्ने विषय कतै उल्लेख गरेनन् । ओलीको भनाईले उनी प्रधानमन्त्री पद जोगाउन अन्तिम विकल्पमा अध्यक्ष पद छाड्न तयार रहेको देखिएको छ ।

यतिबेला नेकपाभित्र पूर्व एमाले समूह आपसी एकता बनाउन सक्रिय भइरहेको छ । दोस्रो पुस्ताका नेताहरु प्रधानमन्त्री ओली, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालका अलावा उपाध्यक्ष बामदेव गौतमसँग दैनिकजसो भेटघाट गरेर पूर्व एमालेबीच सहमतिको बिन्दु खोज्न सक्रिय भएका छन् । ओली र प्रचण्डबीच सहमतिको सम्भावना निकै कमजोर भएपछि पूर्व एमाले समूह आपसी एकता गरेर पार्टी एकता कायमै राख्ने सुत्र खोज्दैछन् ।

यस्तो छ ओलीको ३८ पृष्ठको प्रस्ताव (पूर्णपाठ)

सचिवालय सदस्यहरु इश्वर पोखरेल, महासचिव विष्णु पौडेल, स्थानीय समिति सदस्यहरु सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, योगेश भट्टराई, भानुभक्त ढकाललगायतका नेताहरुको दौडधुप चलि नै रहेको छ । उनीहरु सहमतिको बिन्दु खोज्न लागिपरेका छन् । जसरी भएपनि पूर्व एमालेबीचको एकता कायम गराउन लागिपरेकाहरुले ओलीलाई एक पद छाड्न लगाएर छाडेको पदमा पूर्व एमालेकै कुनै नेतालाई ल्याउनेबारे समेत छलफल गरेका छन् ।

विश्वस्त स्रोतका अनुसार नेकपाभित्रका प्रभावशाली दोस्रो पुस्ताका नेताहरु ओलीलाई प्रधानमन्त्रीमा पूरा कार्यकाल काम गर्न दिएर अध्यक्षमा माधवकुमार नेपाललाई ल्याउने विकल्पमा समेत छलफल चलेको छ । त्यस्तो अवस्थामा नेपालको पनि व्यवस्थापन भई सहमति बन्ने सम्भावना बढ्ने उनीहरुको बुझाई छ । नेकपाभित्र दुर्घटना टार्न पनि कुनै न कुनै राजनीतिक लेनदेन आवश्यक रहेको बुझाई ओली पक्षको रहेको बुझिएको छ । उनीहरु त्यसतर्फ पनि छलफलमा बढेका छन् ।

ओलीले प्रधानमन्त्री पद रक्षार्थ ‘नेकपा अध्यक्ष’ छाड्लान् ?

पार्टी फुटाएर जान वा राजनीतिबाट विश्राम लिन दाहाललाई ओलीको सुझाब

ओलीद्वारा प्रचण्डमाथि अविश्वासको प्रस्तावका लागि छलछाम गरी सांसदहरुलाई खाली कागजमा हस्ताक्षर गराएको आरोप

ओलीले अध्यक्ष पद छाड्ने अवस्था बनाउने प्रयास भएपनि उनले माधव नेपाल, झलनाथ खनाल वा बामदेव गौतमका लागि छाड्ने कुरा गरेका छैनन् । उनले दोस्रो पुस्ताका लागि पार्टीको नेतृत्व हस्तान्तरण गर्ने प्रसंग उठाएका छन् । यसलाई नेकपाभित्र ओलीको अर्को राजनीतिक अस्त्रका रुपमा पनि विश्लेषण हुन थालेको छ । तर, स्थिति धेरै बिग्रिइसकेकाले दुर्घटना जोगाउन अस्त्रभन्दा पनि त्याग र राजनीतिक लेनदेनको सूत्र तयार गर्न दोस्रो पुस्ताका नेताहरु लागिपरेका छन् । उनीहरुमध्ये पूर्व एमाले पक्षधर ओली र नेपालबीच सहमति गराएर राजनीतिक लेनदेन गराउन सक्रिय भइरहेका छन् ।

पार्टी विवादबारे बोले वामदेव गौतम-‘चाहेमा अब हामीले समस्या समाधान गर्न सक्छौँ’

सचिवालय बैठकमा ओलीको एक घण्टा भाषण : दाहाल–नेपाल पक्ष एक ढिक्का, प्रस्तावमाथि छलफल गरेर टुँगोमा पुगिने



प्रतिक्रिया दिनुहोस्