Logo

इरानी वैज्ञानिकको हत्याः ‘बलिया देशबाट राष्ट्रिय सुरक्षाका निम्ति आतंकवादको सहारा’



एजेन्सी, १४ मंङसिर । गत शुक्रबार इरानका आणवीक वैज्ञानिक मोहसेन फख्ररीजादेहको सडकमा योजनावद्ध तरिकाले आक्रमण गरी हत्या भयो । यस विषयले मध्य पूर्वमा सनसनी मच्चाएको छ । इरान यसको बदला लिने भन्दै आक्रोशित भएको छ । उसले सिधै इजरायलमाथि घटनामा संलग्नताको आरोप लगाएको छ । इजराइलले मौनता कायम नै राखेको छ ।

इरानले चुप लागेर नबस्ने विषयलाई सार्वजनिक रुपमा भनिसकेको छ । यस घटनाप्रति पश्चिमी मुलुकहरुले एक शब्द समेत बोलेका छैनन् । यदि यस्ता प्रकारका हत्या कुनै अमेरिकी वा बेलायती वैज्ञानिकसँग भएको भए के उनीहरुका सरकार चुप लागेर बस्थे ? अहिले यो प्रश्न पश्चिमाविरोधीहरुले उठाएका छन् । यस्तो प्रकारको घटनाले विश्व मै अमेरिकन सरकार र बेलायती सरकारले तहल्का मच्चाइसकेको हुन्थ्यो समेत भनेका छन् ।

चिनियाँ पत्रिका ग्लोबल टाइम्सले यो हत्याले इरानी सरकारको राष्ट्रिय सुरक्षा र मर्यादालाई ठेस पुर्याएको उल्लेख गरेको छ । चीनले यस घटनापछि शतर्कता अपनाएको सन्देश दिइसकेका छन्।

ग्लोबल टाइम्सले पश्चिमी मूलूकहरु चीनविरुद्ध उभिएको अवस्थाबारे समेत उल्लेख गरेको छ । भोली कुनै घटना भए सम्पूर्ण पश्चिमी मूलूक एक ठाँउमा उभिएर चीनविरुद्ध लाग्नसक्ने पनि भनेको छ । कुनै उसले यस्तै प्रकारको हत्या जनरल कमाण्डर कासिम सुलेमानिको समेत अमेरिकाले गरेको भनेको छ ।

इरानी आणविक वैज्ञानिकको हत्याको जवाफमा अगामी दिनमा के भयावह अवस्था निम्तीने हो ? यो प्रश्न उठेको छ । के मुलुकहरु आफ्नो राष्ट्रिय सुरक्षाको निम्ती आतंकवादको सहारा लिएको हो ? ग्लोबल टाइम्सको प्रश्न छ । यदी यस्तो हो भने कुनै देश आतंकबादको सहारा लिएर विजय प्राप्त गर्न नसकिन विश्लेषण समेत गरेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्