Logo

होम आइसोलेसनमा बस्ने संक्रमितको सख्या १३ हजार ६ सय, काठमाडौंमा अत्यधिक



काठमाडौं, १४ मंसिर । मुलुकभर होम आइसोलेशनमा बस्ने कोरोना संक्रमितको सख्या १३ हजार ६ सय १२ पुगेको छ । आज १७ हजार ९ सय ९ जना संक्रिय संक्रमितमध्ये १३ हजार ६ सय १२ जना होम आइसोलेशनमा रहेको मन्त्रालयले जानकारी दिएको हो ।

होम आइसोलेशनमा बस्ने संक्रमितको सख्या ८ हजार भन्दा धेरै काठमाडौमा रहेको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना भाइरसका आज १२ सय ५५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १४ सय ४ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख १२ हजार ५ सय ९० जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

 



प्रतिक्रिया दिनुहोस्