Logo

पेट्रोल टैकरमा फल्स चेम्बर बनाई भारत लगी विक्री गर्ने गिरोहमाथि अनुसन्धान



काठमाडौं, १५ मंसिर । पेट्रोल टैंकरमा फल्स चेम्बर बनाई इन्धन चोरी तस्करी गर्ने दुई जनालाई पक्राउ गरी केन्द्रिय अनुसन्धान ब्युरोले अनुसन्धान अगाडि बढाएको छ । उनीहरुमाथि अनुसन्धान गर्न नेपाल आयल निगमले पत्राचार गरेपछि ब्युरोले अनुसन्धान बढाएको हो ।

पक्राउ पर्नेमा टैकर चालकहरु बारा अमलेखगञ्जका ३५ वर्षीय अजय लामा र सोही स्थानका २८ वर्षीय बिकेश लामा छन् । उनीहरुलाई काठमाडौंबाट पक्राउ गरेको ब्युरोले बताएको छ ।

ईण्डियन आयल कर्पोरेसन बरौनी, भारतबाट पेट्रोल लोड गरी आएका ना.७ ख २९९५ र ना.७ ख ३६९६ नम्बरको टैंकरमा फल्स चेम्बर बनाई ईन्धन चोरी तस्करी गरी ठगी गरेको जानकारी प्राप्त भए पश्चात् उक्त टैंकरका चालकहरू पक्राउ परेका थिए ।

पेट्रोल चालकहरुले टैकर फल्स चेम्बर बनाई इन्धन लुकाई भारत लगेर बेच्ने गरेको ब्युरोले जनाएको छ । यसमा ठुलो गिरोह नै लागेको आधारमा अनुसन्धान बढाइएको छ ।

 



प्रतिक्रिया दिनुहोस्