Logo

प्रहरीका इन्चार्जमाथि अख्तियारको मुद्दा



काठमाडौं, १५ मंसिर । बाँकेमा कार्यरत इन्चार्ज प्र.ना.नि. लुद्र बहादुर के.सी.सहित २ जनामाथि अख्तियारले भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ । ईलाका प्रहरी कार्यालय खुर्द, खजुरा,बाँकेमा कार्यरत हवल्दार राजेश बहादुर द्वालले काठ चिरान मिल र इट्टा भट्टामा लैजानको लागि सहजीकरण गरिदिने भन्दै सेवाग्राही घुस मागेको उजुरीको आधारमा अख्तियारले नियन्त्रणमा लिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगदसहित नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा द्धालले र केसीले सेवाग्राहीबाट निजी आवादी जग्गाको कटान गरिसकेको आँप जातको रूखको काठलाई चिरान मिल र इट्टा भट्टामा लग्ने कार्यमा सहजीकरण गरिदिएवापत १३ हजार रुपैयाँ लिएको पुष्टि भएको थियो ।

उनीहरुमाथि कानुन बमोजिम जरिवाना र कैद सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्