एजेन्सी, १७ मंसिर । बेलायतले फाइजर कम्पनिको कोरोनाविरुद्धको भ्याक्सिन प्रयोगका लागि स्वीकृती दिएको छ । बुधबार बेलायत सरकारले उक्त भ्याक्सिनलाई स्वीकृत प्रदान गरेको हो ।
फाइजर बायोटेक भ्याक्सिन प्रमाणित गर्ने बेलायत पहिलो मुलुक बनेको छ । अमेरिकी कम्पनि फाइजरको भ्याक्सिन अमेरिकामा अझै स्वीकृतीको पर्खाइमा छ ।
क्सिन ९५ प्रतिशतसम्म प्रभावकारी भएको दाबी गरिएको छ । यो भ्याक्सिन अन्यको तुलनामा महङ्गो र भण्डारण गर्न भने कठिन देखिएको छ । तर, प्रभावकारिताका दृष्टिले अगाडि छ ।