Logo

ओलीको अनुपस्थितिबीच नेकपा स्थायी कमिटी बैठक शुरु



काठमाडौं, २१ मंसिर । नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठक शुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा शुरु भएको बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित छ ।

आजको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डद्वारा प्रस्तुत प्रतिवेदनमाथि छलफल हुँदैछ । नेकपा विवाद चुलिएर दुई अध्यक्षको आरोप प्रत्यारोप उल्लेखित प्रतिवेदनले विवाद ल्याएको छ । यसको छिनोफानो स्थायी कमिटीमार्फत् गराउने प्रयास शुरु भएको छ । तर, ओलीले स्थायी कमिटीलाई काम छैन भनी बेवास्ता गरेका छन् ।

स्थायी कमिटीमा ओली अल्पमतमा छन् । बैठकले आफूविरुद्ध निर्णय गर्न सक्ने बुझेर ओली सहभागी हुन मानेका छैनन् ।



प्रतिक्रिया दिनुहोस्