Logo

नेकपा बैठकः को को आए (तस्बिरसहित)



काठमाडौं, २१ मंसिर । नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी बैठक धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा चलिरहेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकको अध्यक्षता गरिरहेका छन् । तर, वरियतामा पहिलो रहेका अध्यक्ष केपी शर्मा ओली आएनन् । उनको अनुपस्थितबीच उनको पक्षका सबै सचिवालय सदस्यहरु सहभागी छन् ।

बैठकको माथिल्लो लहरमा सचिवालय सदस्यहरु छन् । बीचमा अध्यक्ष प्रचण्ड छन् । उनको बायाँतर्फ वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल बसेका छन् । उपाध्यक्ष बामदेव गौतमलाई प्रचण्डले बायाँतर्फ राखेका छन् । सचिवालय सदस्य समेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेल बामदेवको दायाँतर्फ छन् भने उनको दायाँतर्फ महासचिव विष्णु पौडेल बसेका छन् ।

माधवकुमार नेपालको बायाँतर्फ प्रवक्ता नारायणकाजी श्रेष्ठ सेतो मास्कमा छन् । श्रेष्ठको बायाँतर्फ गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा बादल छन् ।

बैठकमा स्थायी कमिटी सदस्यहरु भीम रावल, सुवास नेम्वाङ, गोकर्ण बिष्ट, रघुजी पन्त, वेदुराम भुषाल, पृथ्वी सुब्बा गुरुङ ,देब प्रसाद गुरुङ, लेखराज भट्ट , शंकर पोख्रेल ,टोपबहादुर रायमाझी , हरिबोल गजुरेल ,किरण गुरुङ, ,शक्ति बहादुर बस्नेत ,जनार्दन शर्मा पनि उपस्थित छन् ।

स्थायी कमिटी सदस्यहरु वर्षमान पुन, मातृका यादव, घनश्याम भुषाल, पम्फा भुषाल, अष्टलक्ष्मी शाक्य, भीम उपाध्याय, देवेन्द्र पौडेल, अमृतकुमार बोहरा, नन्द प्रसाईं, लगायत पनि उपस्थित छन् ।

तस्बिरः मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्