Logo

आज २० संक्रमितको मृत्यु, कुल मृतकको सख्या १६१४ पुग्यो



काठमाडौं, २२ मंसिर । कोरोना संक्रमणबाट आज थप २० जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १६१४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घन्टामा नयाँ संक्रमित १ हजा १४ थपिएका छन् । आज १६ सय २८ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ४१ हजार ९ सय ९५ संक्रमित भएपनि २ लाख २७ हजार ४ सय ३३ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने १२ हजार ९ सय ४८ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म १७ लाख ९० हजार ७ सय ३९ जनाको पिसीआर परिक्षण भएको छ भने त्यस्तै क्वारेन्टिनमा बस्नेको सख्या ५ सय २७ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्