एजेन्सी, २२ मंसिर । इस्लामिक मुलुक कुवेतमा संसदीय चुनावमा कुनैपनि महिलाले जित हासिल गर्न सकेनन् । यसपटकको संसदीय चुनावमा २९ जना महिला उम्मेदवार भएकोमा सबैले हार व्यहोरे ।
चुनावको अन्तिम परिणाममा सिटको संसदमा ३१ जना नयाँ अनुहार आएका छन् । १९ जना पुरानै उम्मेदवारले जीत हासिल गरे । तर, कुनैपनि महिला उम्मेदवार विजयी भएनन् । सन् २०१२ मा पहिलोपटक सांसद बनेकी सफा अल हसिम पनि यसपटक पराजित भइन् । कुवेतले १५ वर्षअघि महिलालाई मतदानो अधिकार प्रदान गरेको थियो ।
कुवेतको संसद निकै शक्तिशाली छ । कुवेती अमिर र उनको परिवारको पनि आलोचना गर्न सक्छ । तर, कुवेती अमिरलाई संसद बिघटन र चुनाव घोषणासम्मको अधिकार छ ।
कुवेत सँसारकै छैठौं ठुलो तेल खानी भएको देश हो । त्यहाँ ४८ लाख जनसंख्या छ । ३४ लाख विदेशी कामदार छन् ।