Logo

मस्र्याङ्दी–काठमाडौं डबल सर्किट विद्युत् प्रसारण लाइनः सहमति जुटे तीन महिनामै तयार



काठमाडौं, मंसिर २३। काठमाडौं उपत्यकाको विद्युत् आपूर्तिलाई दिगो र स्थिर बनाउने गरी नेपाल विद्युत् प्राधिकरणले बनाइरहेको मस्र्याङ्दी–काठमाडौँ डबल सर्किट प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको छ । धादिङको सिद्धिलेक गाउँपालिकामा गाड्नुपर्ने दुईवटा टावर र चार किलोमिटर तार जडानको कामबाहेक सबै काम सकिएको छ ।

लोड सेन्टरका रूपमा रहेको उपत्यकामा विद्युत् आपूर्ति गर्ने प्रमुख प्रसारण लाइनका रूपमा यो प्रसारण लाइन चार वर्षपहिले बनाउन थालिएको थियो । उपत्यकामा हाल त्रिशूली, कुलेखानी र लामोसाँघुदेखि विद्युत् आपूर्ति हुँदै आएको छ । कुल १२० तथा १३२ केभी क्षमताका यी प्रसारण लाइनका अतिरिक्त २२० केभी प्रसारण लाइनमार्पmत उपत्यकामा बिजुली ल्याउन यो प्रसारण लाइन बनाउन थालिएको हो ।

प्रसारण लाइन सुरु हुने तनहुँको मार्कीचोकमा रहेको सबस्टेसनमा विभिन्न निजी क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् ल्याइने छ । त्यस्तै मनाङदेखिकै मस्र्याङ्दी नदीमा बनेका जलविद्युत् आयोजनाबाट उत्पादन हुने बिजुली मस्र्याङ्दी करिडोर प्रसारण लाइन हुँदै भरतपुरसम्म ल्याउन लागिएको छ । सो करिडोरको विद्युत् पनि उपत्यकामा ल्याउन यो प्रसारण लाइन बनाउन लागिएको हो ।

यो प्रसारण लाइनबाट ल्याइएको बिजुली काठमाडौँको मातातीर्थमा बनाइएको सबस्टेसनमा जोडिने आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्