Logo

बीमाक्षेत्रमा पनि एनएफआरएस प्रणाली



काठमाडौं, मंसिर २४ । बैंक तथा वित्तीय संस्थाहरूले जस्तै अब बीमा कम्पनीहरूले पनि वित्तीय विवरण सार्वजनिक गर्दा नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड (एनएफआरएस) प्रणालीअनुसार गर्नुपर्ने भएको छ । बीमा समितिले पुनर्बीमा र निर्जीवन बीमा कम्पनीहरूलाई एनएफआरएस प्रणालीमा वित्तीय विवरण बनाउन निर्देशन दिएकाले उनीहरूले पनि यस्तो प्रणालीअनुसार वित्तीय विवरण बनाउनुपर्ने भएको हो ।

समितिले सोमवार पुनर्बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीका लागि छट्टुाछुट्टै निर्देशिका जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

अब पुनर्बीमा र निर्जीवन बीमा कम्पनीहरूले एनएफआरएस प्रणालीअनुसार नै वार्षिक तथा त्रैमासिक वित्तीय विवरण बनाउनुपर्ने भएको छ । यो व्यवस्था चालू आर्थिक वर्षको साउनदेखि नै लागू हुनेछ । अब कम्पनीहरूले सार्वजनिक गर्ने त्रैमासिक तथा वार्षिक वित्तीय विवरण एनएफआरएस प्रणालीमार्पmत नै गर्नुपर्ने समितिको भनाइ रहेको आजका आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्