Logo

टोल विकास संस्थाको गृहकार्य



काठमाडौं, मंसिर २४। स्थानीय तहको विकास निर्माणका काममा प्रत्यक्ष अनुगमन, समन्वय, सहयोगी र साझेदारी गर्न अब प्रत्येक टोलमा टोल विकास संस्था गठन गरिनेभएको छ । स्थानीय तहका जनप्रतिनिधिले प्रत्यक्ष निगरानी र समन्वय गर्नेगरी स्थानीय तहको विकासमा सहयोगी भूमिका निर्वाह गर्न स्थानीय पालिकामा टोल विकास संस्था गठन गर्न लागिएको हो ।

समाजमा विकास निर्माण र सुशासन स्थापित गर्ने कार्यमा टोल विकास संस्थाको महत्वपूर्ण भूमिका हुने भएकाले टोल तथा बस्ती स्तरदेखि नै विकासमा नागरिकको सहभागिता सुनिश्चित गर्न टोल विकास संस्थाको अवधारणा अगाडि सारिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

स्थानीय तहका जनप्रतिनिधिलाई सहयोग गर्नेगरी स्थानीय तहको विकासमा नागरिकको सहभागिता सुनिश्चित गर्न टोल विकास संस्था गठन तथा परिचालन नमुना कार्यविधि निर्माण गरिएको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्