Logo

घाँटी रेटी प्रधानाध्यापकको हत्या



मोरङ, २४ मंसिर । घाँटी रेटी प्रधानाध्यापकको मंगलबार बिहान घाँटी रेटी हत्या भएको छ । मिक्लाजुङ बर्खे बस्ने सोही ठाउँस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको मंगलबार बिहान घाँटी रेटी हत्या भएको हो ।

बिहान करिब सवा ७ बजे ५ जनाको समूहका आएका अपरिचित व्यक्तिहरुले प्रधानाध्यापक श्रेष्ठलाई अपहरण गरी सोही बर्खे गाउँस्थित जंगलमा लगेर हत्या गरेको भन्ने जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङ समेतबाट प्रहरी उपरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले बर्खे गाउँदेखि करिब ६ सय मिटर टाढा जंगलमा दुवै हात बाँधी अगाडिबाट घाँटी रेटेर हत्या भएको अवस्थामा उनको शव फेला पारेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न व्यक्तिहरुको विभिन्न स्थानहरुमा खोजी गर्नुका साथै घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्