Logo

स्थानियले गरे अस्पताललाई जग्गादान



डोटी, २४ मंसिर । केआइसिंह गाउँपालिकामा १० श्ययाको सामुदायिक अस्पताल बनाउन स्थानीयले निःशुल्क जग्गा दान गरेका छन् । गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले गाउँपालिकाको नाममा सो जग्गा कागजी प्रक्रिया पूरा गरी मालपोत कार्यालयबाट अस्पतालका नाममा नामसारी गरिएको बताए ।

गाउँपालिकामा अस्पताल निर्माण गर्न स्थानीयले नौ रोपनी जग्गा दान गरेका छन् । अस्पताल निर्माणका लागि स्व गौरीलाल पाठकका छोरा विश्वनाथ पाठकले तीन रोपनी, स्व. खडकनाथ पाठकका छोरा मनिराम पाठक, रघुनाथ पाठक, प्रेमप्रसाद पाठक र श्यामप्रसाद पाठकले तीन रोपनी र स्व कमलदेव पाठकका छोरा डिल्लीराज पाठकले पनि तीन रोपनी गरी दान गरेका हुन् ।

अस्पताल निर्माण गरी यहाँका नागरिकलाई सेवा दिन बुबाको स्मृतिमा आफुहरुले जग्गा दान गरेको गौरीलालका छोरा विश्वनाथले बताए । उनले भने, “हामीले दान गरेको जग्गामा अस्पताल बने यहाँका गरिबले सेवा पाउने छन्, हामी खुशी भएर जग्गा दान गरेका छौँ ।” रासस



प्रतिक्रिया दिनुहोस्