Logo

पुजामा डाइस खेल्ने ४ जना पक्राउ



धनकुटा, २४ मंसिर । डाइस खेलिरहेको अवस्थामा ४ जना पक्राउ परेका छन् । साँगुरीगढी गाउँपालिका–७ गोरखारीस्थित राईहरुको पर्व सरस्वती पूजामा डाइस खेलिरहेको अवस्थामा ४ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा साँगुरीगढी गाउँपालिका–७ बस्ने २९ वर्षीय प्रतिभा राई, सोही गाउँपालिका–९ बस्ने २६ वर्षीय सुजन राई, सुनसरी धरान उपमहानगरपालिका–२० बस्ने २० वर्षीय प्रदिप राई र सोही ठाउँ बस्ने २४ वर्षीय मीनकुमार राई रहेका छन् ।

उक्त पूजामा डाइस खेलिरहेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ६० हजार रुपैयाँ र एक सेट डाइस सहित पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्