Logo

जग्गा किर्ते काण्डमा पर्साका मालपोत प्रमुख झा पक्राउ



वीरगंज, २४ मङ्सिर । भूमिसुधार तथा मालपोत कार्यालय, पर्साका प्रमुख मालपोत अधिकृत सुमन झा पक्राउ परेका छन् । बुधवार जिल्ला प्रहरी कार्यालय, पर्साले उनलाई पक्राउ गरेको हो ।

वीरगंजको करोडौं मूल्यको जग्गा किर्ते गरी नामसारी प्रकरणमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । यसअघि उनीसँग प्रहरीले बयान लिएको थियो । किर्ते जालसाज मुद्दामा प्रहरीले यसअघि मालपोत कार्यालयका नासु श्रीनारायण साहलाई पक्राउ गरेको छ । किर्ते जालसाज मुद्दामा प्रहरीले नामसारी गर्ने काममा संलग्न सम्बन्धित फाँटका ६ जनाको सूची बनाएको र त्यसमध्ये प्रमुख मालपोत अधिकृत सुमन झा र नासु साहलाई पक्राउ गरिसकेको छ ।

किर्ते जग्गा प्रकरणमा घटनामा प्रहरीले अहिलेसम्म सातजनालाई पक्राउ गरेको बताएको छ । स्व. गोपाल र स्व. कमला राजभण्डारीका तीनजना नक्कली छोरा बनाएर मुकेश भन्ने केवलप्रताप राणाले केही व्यक्तिको संलग्नतामा किर्ते जालसाज गरेको घटनामा दुईजना लेखनदास प्रमेश साह र अमर साह, गिरधारीलाल अग्रवाल र विश्वास तिवारीलाई पक्राउ गरेको छ ।



प्रतिक्रिया दिनुहोस्