काठमाडौं, २४ मंसिर । मालपोत कार्यालय दैलेखमा कार्यरत खरिदार भुवन केशर खनालसहित २ जनामाथि अख्तियारले मुद्दा दायर गरेको छ । खरिदार खनाल र लेखापढी व्यवसायी धन बहादुर बुढाले सेवाग्राहीसँग घुस मागेको सुचनाको आधारमा अख्तियारले अनुसन्धानको लागि नियन्त्रणमा लिएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा जग्गा नामसारी गर्दा सहजीकरण गरिदिन भन्दै सेवाग्राहीसँग ५ हजार रुपैयाँ खरिदार खनालले लेखापढी व्यवसायी बुढालाई घुस माग्न लगाई लिएको पुष्टि भएको थियो ।
उनीहरु दुईजनालाई कानुन बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जनाएका छन् ।