Logo

आजदेखि चिडियाखाना खुला



काठमाडौं, मंसिर २५। ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना बिहीबारदेखि सर्वसाधारणका लागि खुल्ने भएको छ । कोरोना भाइरस महामारीका कारण गत चैत ७ गतेदेखि बन्द रहेको चिडियाखाना आठ महिनापछि खुल्न लागेको हो ।

“नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै चिडियाखाना खोल्न लागेका हौँ,” चिडियाखानाका प्रमुख चिरञ्जीवीप्रसाद पोखरेलले भन्नुभयो । चिडियाखाना भ्रमणमा आउँदा मास्क अनिवार्य लगाउनुपर्नेछ । थप सुरक्षाका लागि चिडियाखानाकै ढोकामा ज्वरो नाप्ने थर्मल गन र सेनिटाइजर मेसिनको व्यवस्था गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्