Logo

अपराधीको संसर्गबाट टाढा रहन आईजीपीको आग्रह



काठमाडौं, मंसिर २५ । समग्र सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलको काम कारबाहीलाई प्रत्यक्षरुपमा नियाल्न सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले लुम्बिनी प्रदेशका विभिन्न युनिटको जानकारी लिएका छन् ।

रुपन्देही, कपिलवस्तु, बाँके र बर्दियामा नेपाल भारत सीमाक्षेत्रमा रहेका सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्टसहित ती जिल्लामा रहेका गण र गुल्मको नजिकबाट नियालेका आईजीपी खनालले अपराधरहित समाज निर्माण गर्न बलको महत्वपूर्ण भूमिका भएकाले अपराध र अपराधीहरुको संसर्गबाट टाढा नै रहन आग्रह गरेका हुन् ।

सरकारले सीमा सुरक्षाको जिम्मेवारी सशस्त्र प्रहरी बललाई दिएपछि कार्यक्षेत्रमा नै गएर उनीहरुको अवस्थाको जानकारी मात्र होइन, कार्यक्षेत्रमा खटिँदा आइपर्ने समस्याको बारेमा समेत उनले जानकारी लिएका छन् ।

स्थानीय निकायको समेत राम्रो सहयोग पाएको बलले भौतिक सुविधाबाट वञ्चित बनेका बीओपीहरुलाई सहयोग गर्ने क्रम बढेको आफ्नै आँखाले देख्न पाएकोमा खुसी व्यक्त गर्दै महानिरीक्षक खनालले राज्यले दिएको जिम्मेवारी कसरी बहन गरिँदै छ भनेर अहिले विभिन्न युनिटको निरीक्षणमा निस्केको जानकारीसमेत दिएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्