Logo

स्वयम्भूको स्तूपा हटदैन, ढ्क्क हुनुहोस्



काठमाडौं, मंसिर २५ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले चक्रपथ विस्तारका क्रममा स्वयम्भूको स्तुपा नहटाउने बताएका छन् ।‘स्वयम्भू विश्वसम्पदा क्षेत्र बचाऔं’ अभियानको ज्ञापनपत्र बुझ्दै मन्त्री नेम्वाङले विश्वसम्पदा क्षेत्रभित्रका बुद्धको हजार मूर्ति स्तुपा नहटाउने विश्वास दिएका छन् ।

उनले सडक विस्तारका क्रममा कम्तीमा पनि स्वयम्भू क्षेत्रमा रहेको भगवान् बुद्धको हजार मूर्ति स्तुपा जोगाउनुपर्छ भन्नेमा आफू रहेको पनि बताए ।‘हाम्रो आवश्यक डिजाइन, सडक निर्माणको मापदण्ड, पुरातत्व विभाग र युनेस्कोको प्रावधानका परिधिमा रहेर हजार मूर्तिको स्तुपा जोगाउनुपर्छ भन्ने प्रस्ट भएको छ’, उनले भने– ‘प्राविधिकरुपमा सम्भव भएसम्म स्वयम्भू क्षेत्रका अरु पनि सम्पदा जोगाइनेछ ।’

सरकार विभिन्न समुदायको संस्कृति संरक्षणमा मात्र होइन, नयाँ चरणमा विकास गर्न लागिपरेको मन्त्री नेम्वाङको भनाई छ । स्वयम्भूजस्तो विश्वसम्पदा सूचीमा रहेका क्षेत्रहरुको संंरक्षण मात्र होइन अझ विकास गरेर लैजाने कुरामा सरकारको नीति कार्यक्रममा स्पष्ट रहेको मन्त्री नेम्वाङको भनाई रहेको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्