Logo

प्रअ हत्या आरोपितलाई कारबाही माग



Reporters Club Nepal Logo

काठमाडौं, मंसिर २५ । राष्ट्रिय मानवअधिकार आयोगले प्रधानाध्यापकको हत्यामा संलग्नलाई कारबाहीको माग गरेको छ । आयोगले मंसिर २३ गते भएको मोरङको मिक्लाजुङ गाउँपालिका–१ स्थित सरस्वती आधारभूत माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको हत्यामा संलग्नलाई कारबाही माग गरेको हो ।

आयोग प्रदेश कार्यालय विराटनगरले घटनाको अनुगमन गरिरहेको जनाएको छ । आयोगलाई प्राप्त नेपाल कम्युनिस्ट पार्टी मेची–कोसी ब्युरोको प्रेस वक्तव्यअनुसार हत्या सोही पार्टीका कार्यकर्ताबाट भएको ठहर गरिएको छ आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्