Logo

प्रधानमन्त्री ओलीलाई चन्द्रमामा गएर देश चलाउन विष्टको सुझाव (भिडिओसहित)



काठमाडौं, २५ मंसिर । केशरबहादुर विष्टले अहिलेका नेताहरुले देशलाई बर्वाद बनाएको आरोप लगाएका छन् । नेता विष्टले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली ८ महिनादेखि सिंहदरबार नगएको सुनाउँदै यो देखेर आफूलाई रुन मन लागेको टिप्पणी गरे । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भने-“मलाई त साँच्चिकै भन्नुहुन्छ भने रुन मन लाग्छ, यो पृथ्वी लोकमा २ सय ३२ वटा देश छन् । यस्तो देशमा दश दश महिना अफिस नजाने, अफिस जान नसक्ने मान्छे देशको प्रधानमन्त्री भैरहने कुरा होला ? यो कस्तो संसार हो ? यो देश हो कि ? कसैको निजी सम्पत्तिवाला हो कि ? वा यो कसैको घर व्यवहार हो कि ? हो के ?”

पत्रकार धमलाले प्रधानमन्त्री ओलीले त बालुवाटारमा बसेरै दैनिक १८ घण्टा काम गरिरहनुभएको छ नि ? भनेर राखेको जिज्ञासामा उनले थपे-“चन्द्रमामा बसेर पनि गर्न पाईन्छ । हाम्रो शुभकामना । यहाँ पोलुसन हुन्छ । जे पायो त्यही पानी खानुपर्छ । मान्छेसँग बोल्दा फेरि कोभिड लाग्ला । अब कोही पनि नभेट्ने ठाउँमा गएर फोनमा काम गरे भैहाल्यो नि । त्यस्तो पनि हुन्छ र ?”



प्रतिक्रिया दिनुहोस्