Logo

पार्टीभित्रको आन्तरिक विवादबारे नेम्वाङको नयाँ खुलासा (भिडिओसहित)



काठमाडौं, २५ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सहमति हुने विश्वास दिलाएका छन्। पार्टीभित्र देखिएका सबैखाले विवाद हल गरेर शीर्ष नेताहरु एकताबद्ध भएर अघि बढ्ने उनको भनाई छ । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै जनताले नेकपालाई देश चलाउनको लागि अभिमत दिएकोले त्यो मतलाई सम्मान गर्दै काम गर्नुपर्ने बताए । उनले अध्यक्षद्धय ओली र दाहालबीचको सम्वाद सकारात्मक भएकोले यसले निकास निस्किने विश्वास दिलाए । एकता कायम गर्न नसकिए नेपालमा भोलिसम्मका लागि कम्युनिष्टहरुको लागि प्रश्न उठ्ने उनको भनाई छ । उनले आफूहरुसँग पार्टीलाई एकताबद्ध बनाएर लैजानुको विकल्प नभएको पनि दाबी गरे । उनले अब बस्ने स्थायी कमिटी बैठकले पार्टीलाई एकढिक्का बनाउने विश्वास दिलाए ।



प्रतिक्रिया दिनुहोस्