Logo

काठमाडौमा आज ४०४ नयाँ संक्रमित थपिए



काठमाडौं, २५ मंसिर । काठमाडौं उपत्यकामा आज ४०४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । देशभर १२ सय १७ जना थपिएकोमा काठमाडौंमा मात्र ४०४ जना थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज काठमाडौंमा थपिएका संक्रमित मध्ये १६० महिला र २४४ पुरुष रहेका छन् । आज १ हजार ६४ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ४५ हजार ६ सय ५० संक्रमित भएपनि २ लाख ३१ हजार ६ सय १ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने १२ हजार ३ सय ८६ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म १८ लाख १३ हजार २ सय ४ जनाको पिसीआर परिक्षण भएको छ भने क्वारेन्टिनमा बस्नेको सख्या ५ सय १५ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्