Logo

नारायणकाजीसँग कमानसिंहको अढाई करोड लेनदेन विवादको खुलासा (अडियो भिडियो)



काठमाडौं, २५ मंसिर । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ विवादमा परेका छन् । गएराति निधन भएका नेकपा केन्द्रीय सदस्य कमानसिंह लामासँग उनको लेनदेनको विवाद खुलेको छ ।

काभ्रेका कमानसिंहसँग श्रेष्ठको लेनदेन विवाद रहेको खुलेको हो । लामा र श्रेष्ठबीच करोडौंको लेनदेनको विवादको भिडियो समेत सार्वजनिक भएको छ । उक्त भिडियो सनराइज खबरले बाहिर ल्याएको हो । भिडियोमा लामा र श्रेष्ठबीच आठ करोड रुपैयाँको लेनदेन भएको र केही रकम मिलिसकेको खुलेको छ । श्रेष्ठले साँढे दुई करोड पाउन बाँकी रहेको भिडियोबाट बुझ्न सकिन्छ ।

कमान सिंहले मृत्यु हुनुभन्दा नौ दिनअघि फेसबुकमा पत्नी इन्द्रमायाप्रति आक्रोश समेत पोखेका छन् । उनले इन्द्रमायालाई आफ्नो मृत्यु भएमा काजक्रिया गर्न पनि नआउन भनेका थिए । सनराइज खबरले इन्द्रमाया र नारायणकाजी श्रेष्ठ मिलेर आफूलाई लुटेको भन्नेगरेको विषय पनि उल्लेख गरेको छ । इन्द्रमाया कमानसिंहका कान्छी पत्नी हुन् ।

कमानसिंहले पत्नीलाई किन लेखेः म मरे मेरो काजक्रियामा सामेल नहुनु !!!(पत्रसहित)

भिडियोमा सुसन कर्माचार्यको विषय पनि छ । कमानसिंहले सुसनलाई साँढे दुई करोडको शेयर दिएको समेत उल्लेख गरेका छन् । सुसन नारायणकाजी मन्त्री बन्दा स्वकीय सचिव थिइन् ।

सनराइजखबरबाट लिइएको अडियो भिडियो



प्रतिक्रिया दिनुहोस्