Logo

कमानसिंहसँग लेनदेन विवाद खुलेपछि इश्वर पोखरेलको नारायणकाजीमाथि कटाक्ष



काठमाडौं, २५ मंसिर । गएराति नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य कमानसिंह लामाको निधन भएसँगै उनले आफ्नो जीवनको केही तीता घटना खुलासा गरेको बाहिर आएको छ । लामाको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठसँग अढाई करोड लेनदेन विवाद देखि पारिवारिक विवादको विषय पनि बाहिर आएको छ ।

कमानसिंहले पत्नीलाई किन लेखेः म मरे मेरो काजक्रियामा सामेल नहुनु !!!(पत्रसहित)

यो विषय बाहिर आएपछि नेकपा सचिवालय सदस्य इश्वर पोखरेलले नाम उल्लेख नगरी नारायणकाजी श्रेष्ठमाथि कटाक्ष गरेका छन् । उनले सामाजिक सञ्जालमा कमानसिंह लामाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै कटाक्ष गरेका हुन् । कम्युनिस्ट आदर्श को कुरा गरेर नथाक्नेहरुलाई कमानसिंहले गम्भीर प्रश्न गरेर गएको भनेका छन् । उनले श्रेष्ठप्रति इंकित गर्दै यस्तो लेखेका हुन् ।

नारायणकाजीसँग कमानसिंहको लेनदेन विवादको खुलासा (अडियो भिडियो)

कमानसिंह लामाको नारायणकाजी श्रेष्ठसँग लेनदेन विवाद खुलेपछि पोखरेलले यस्तो लेखेका हुन् ।

उनले लेखेका छन्ः
कमरेड कमानसिंह लामा अब हामीविच रहनु भएन १ हार्दिक श्रद्धान्जली १ तर वहाँले आफू सम्वद्ध कम्युनिष्ट पार्टीलाई ( अझ यसमा आवद्ध ‘ कम्युनिष्ट आदर्श’ को कुरा गरेर नथाक्नेहरूका लागि चुनौतीपूर्ण प्रश्न गरेर जानुभएकोछ। अलविदा कमरेड कमानसिंह लामा !



प्रतिक्रिया दिनुहोस्