Logo

कोरोनामा रोकिएन पूर्वाधार विकास



काठमाडौं, मंसिर २६ । कोरोना भाइरस सङ्क्रमण रोकथाम र नियन्त्रणमा मुलुकको ध्यान गइरहे पनि सरकारले भौतिक पूर्वाधार विस्तारलाई प्राथमिकताका साथ अगाडि बढाएको प्रगति विवरणले देखाएको छ ।

झोलुङ्गे पुल, सडक पुल, खानेपानीका ट्याङ्की, सम्पदा पुनर्निर्माण, एकीकृत बस्ती विकासका योजना भूकम्प पछिको पुनर्निर्माणको कामले कोरोनाको अवधिमा समेत उच्च प्राथमिकता पाएको छ । अहिले गाउँदेखि सहरसम्म कच्ची भएका सडक कालोपत्रे भएको तथा गोरेटो बाटो ग्राभेलयुक्त र पक्की भएका छन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विभागबाट गत आर्थिक वर्षमा मात्र ३४२ वटा झोलुङ्गे पुल निर्माण भएका छन् । ५२ वटा सडक पुल, २५० किलोमिटर सडक कालोपत्रे, ग्राभेल सडक निर्माण १०५ किलोमिटर, सडक आवधिक मर्मत ५५७ किलोमिटर, सडक नियमित मर्मतसम्भार एक हजार ७१६ किलोमिटर निर्माण भएका छन् ।

त्यस्तै सडक स्तरोन्नति ३५१ किलोमिटर, १६२ वटा खानेपानी आयोजना, ६२ वटा सिँचाइ तथा बहुउपयोगी आयोजना सम्पन्न भएको, झोलुङ्गे पुलको विस्तृत परियोजना प्रस्ताव (डीपीआर) ७६९ वटा तयार भएको, ११६ वटा सडक पुलको विस्तृत परियोजना प्रस्ताव तयार गरिएको र ९८ वटा तटबन्ध तथा बाँध निर्माण भएको छ ।

चालूू आर्थिक वर्षभित्र छ सय झोलुङ्गे पुल निर्माण हुँदै छन् । चार हजार आठ सय हेक्टर क्षेत्रमा साना सिँचाइको सुविधा पुग्ने आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्