Logo

प्रचण्डको जन्मदिनमा छोरी गंगाको शुभकामना



काठमाडौं, २६ मंसिर । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आज जन्मदिन । उनलाई जन्मदिनको शुभकामनाहरु धमाधम आइरहेका छन् । छोरी गंगा दाहालले पिता प्रचण्डलाई सामाजिक सञ्जालमार्फत् शुभकामना दिएकी छिन् ।

गंगाले शुभकामनामा पिता प्रचण्डलाई नेपाली जनताको आशा, भरोसा अनि आफूहरुको आदर्श भनेकी छिन् । गंगाले फेसबुकमा लेखेकी छिन्ः ‘नेपाली जनताको आशा, भरोसा अनि हाम्रो आदर्श बुबा तपाईंलाई जन्मदिनको धेरै धेरै शुभकामना !!’



प्रतिक्रिया दिनुहोस्