Logo

नेकपा विवाद कहाँ पुग्यो ? ओली-दाहालबीच होला त सहमति ? भीम रावल यसो भन्छन् (भिडिओसहित)



काठमाडौं, २६ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री डा. भीम बहादुर रावलले पार्टीभित्रको विवाद कमिटी बैठकमार्फत हल गरिने विश्वास दिलाएका छन् । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले सचिवालय बैठकमा पेश गरेका प्रतिवेदनमाथि पार्टीको यही मंसिर २८ गते बस्ने स्थायी कमिटी बैठकमा छलफल हुने पनि नेता रावलले स्पष्ट पारेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रावलले अहिलेको नेकपाभित्रको विवाद दुई अध्यक्षको मात्रै नभएर सिंगो पार्टीको विषय भएकोले यसमाथि छलफल भएर समस्याको समाधान गरिने जनाए ।



प्रतिक्रिया दिनुहोस्