Logo

वहुविवाह मुद्दाका फरार महिला प्रतिवादी पक्राउ



पर्वत, २६ मंसिर । वहुविवाह मुद्दाका फरार प्रतिवादी एक महिला पक्राउ परेकी छिन् । वहुविवाह मुद्दाका फरार प्रतिवादी फलेवास नगरपालिका(१ बस्ने ३२ वर्षीया गिता देवी पौडेललाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत पर्वतको २०६२ जेठ २३ गतेको फैसलाले १ बर्ष कैद सजाय र ५ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेकी उनलाई प्रहरी चौकी कार्कीनेटा पर्वतबाट खटिएको प्रहरीले उनकै घरमा लुकीछुपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाएको छ । उनलाई जिल्ला अदालतमा पर्वत बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्