Logo

गोठमा लुकाई राखेको बन्दुक सहित पुरुष पक्राउ



सुर्खेत, २६ मंसिर । भरुवा बन्दुक सहित बीर बहादुर रावल पक्राउ परेका छन् । बराहताल गाउँपालिका–६ गोठी बस्ने ३३ बर्षीय रावललई १ थान भरुवा बन्दुक सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

बिशेष सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत, जिल्ला प्रहरी कार्यालय सुर्खेत र ईलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको प्रहरीले बीर बहादुरले गोठमा लुकाई राखेको उक्त हतियार फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

साथै बराहताल गाउँपालिका–६ गोठी बस्ने ओम बहादुर राजी र भास्कर थापाले गोठ तथा खेतपाखामा लुकाई राखेको ३ सय २७ थान चिरान सालको कडी समेत बिहीबार दिउँसो प्रहरीले बरामद गरी आवश्यक कारबाहीको लागि बड्डीचौर सब–डिभिजन बन कार्यालयमा बुझाएको बताएको छ ।

हाल फरार भएका राजी र थापाको प्रहरीले खोजी गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्