Logo

अजय देवगनको फिल्म ‘मेडे’ ईदमा रिलिज हुँदै, सलमानसँग टक्कर हुने सम्भावना



एजेन्सी, २६ मंसिर । अजय देवगन आफैले निर्देशन गर्ने फिल्म ‘मेडे’ को घोषणा भइसकेको छ । जसमा उनको साथमा अमिताभ बच्चन र रकुलप्रीत सिंह पनि देखिनेछन् । फिल्मको सुर्टिङ आजबाट हैदराबादमा सुरु हुदैछ । अजयले रिलिज मिती पनि सोचिसकेका छन् । उनको फिल्म २०२२ मा ईदमा रिलिज हुनेछ ।

सामान्यतया ईदमा सलमान खानको फिल्म रिलिज हुने गर्छन् । २०२१ मा पनि राधेको रिलिज गर्ने योजना बनाइराखेको छन् । उनले सम्भवत २०२२ मा पनि कुनै कुनै फिल्म ईदमा रिलिज गर्छन् । यसकारण अजयले मेडे र सलमान खानको फिल्म टक्क्र हुने सम्भावना रहेको छ । हुन त अजय र सलमान खान धेरै राम्रो साथी हुन् ।

अजयले आफ्नो फिल्म शुक्रबार २९ अप्रिल २०२२ मा रिलिज गर्ने भएका छन् । त्यो हप्ताभर ईद रहनेछ जसको फाइदा अजयले फिल्मबाट लिनेछन् । अजय यो फिल्मलाई लिएर निकै उत्साहित छन् । यसकारण निर्देशन पनि आफैले गरेका हुन् । अमिताभ र अजय ८ वर्षपछि एकस्थानमा काम गर्दैछन् ।



प्रतिक्रिया दिनुहोस्