Logo

कोरोनाबाट ११ संक्रमितको मृत्यु



काठमाडौं, २६ मंसिर । कोरोना संक्रमणबाट आज थप ११ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १६७४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घन्टामा नयाँ संक्रमित १ हजार ४४ जना थपिएका छन् । आज १ हजार २ सय ७१ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । १२ हजार १ सय ४८ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।
आजसम्म १८ लाख २० हजार ६ सय १८ जनाको पिसीआर परिक्षण भएको छ । त्यस्तै क्वारेन्टिनमा बस्नेको सख्या ५ सय १९ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्