Logo

काठमाडौ उपत्यकामा आज ५४१ कोरोना संक्रमित थपिए



काठमाडौं, २६ मंसिर । काठमाडौं उपत्यकामा आज ५ सय ४१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । देशभर १ हजार ४४ जना थपिएकोमा काठमाडौंमा मात्र ५ जना ४१ थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज काठमाडौंमा थपिएका संक्रमित मध्ये २३६ महिला र  ३०५ पुरुष रहेका छन् । आज १ हजार ७१ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ४६ हजार ६ सय ९४ संक्रमित भएपनि २ लाख ३२ हजार ८ सय ७२ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने १२ हजार १ सय ४८ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म १८ लाख २० हजार ६ सय १८ जनाको पिसीआर परिक्षण भएको छ भने क्वारेन्टिनमा बस्नेको सख्या ५ सय १९ रहेको छ । काठमाडौं उपत्यकामा हालसम्म १ लाख १४ हजार ९ सय ५० जना कोरोना संक्रमित भइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्