Logo

यसरी घट्छ सुगर



क्राोमियम खनिज पदार्थ हो । यो मानव शरीरमा रहेको आर.एन.ए मा धेरै कम मात्रामा पाइन्छ । मानव शरीरमा ट्राइभ्यालेन्ट क्रोमियम रहेको हुन्छ । क्रोमियम प्लेसेन्टामा धेरै पाइन्छ । यसले शरीरमा इन्सु्लिन हर्मोनको कार्य गर्छ ।

यसले शरीरमा कार्बोहाइड्रेट, फ्याट र ग्लुकोजलाई टुक््रयाउने काम गर्छ र शरीरमा चिनीको मात्रालाई नियन्त्रण गर्छ । शरीरको उमेर बढ्दै जादा क्रोमियमको मात्रा घट्दै जान्छ । आर.एस सि का अनुसार शरीरलाई स्वस्थ राख्नको लागी दैनिक पचास देखी दुई सय माइक्रो ग्राम क्रोमियम ट्राइभ्यालेन्ट आवश्यक पर्छ । क्रोमियम मानव शरीरमा स्टोर हुदैन यो खानाको माध्यमद्वारा हाम्रो शरीरमा जान्छ ।

हाम्रो शरीरमा क्राोमियम ट्राइभ्यालेन्ट बढी भयो भने हाम्रो स्वास्थ्यलाई असर गर्दैन तर कम भयो भने हामीलाई मधुमेह रोग लाग्छ । क्रोमियम ट्रायभ्यालेन्ट पाइने खानाका स्रोतहरु अन्डा, कुखुराको मासु, कलेजो, ब्रोकाउली, गाइको मासु, कस्तुरीको मासु, गहुँ आदि हुन् । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्