मंसिर २६, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओेली र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सभापति शेबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
शुक्रबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुटारमा प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेटवार्ता भएको हो । आजको भेटमा संवैधानिक आयोगहरुको रिक्त पदमा नियुक्ति गर्ने विषयमा छलफल भएको बताइएको छ । ओलीले आयोगहरुमा नियुक्तिका लागि देउवासँग सहयोग मागेको बताइएको छ ।
आइतबार बस्ने संवैधानिक परिषदको संवैधानिक परिषद बैठक बारेमा अनौपचारिक छलफल भएको थियो । संवैधानिक परिषदमा सहमति हुन नसक्दा अहिलेसम्म संवैधानिक आयोगहरूले पूर्णता पाउन सकेको छैनन्। विभिन्न आयोगका प्रमुख र सदस्य गरी संवैधानिक आयोगहरूमा ४५ जनाको नियुक्ति हुन बाँकी छ।
यद्यपी ओलीले पार्टीभित्रको विवाद चुलिएका बेला देउवासँग गरेको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । भेटवार्तामा प्रधानमन्त्री ओलीका तर्फबाट नेकपा संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङ र देउवाका तर्फबाट काँग्रेस केन्द्री सदस्य रमेश लेखक सहभागी थिए ।
फाइल तस्विर