Logo

नारायणीमा बन्ने भयो ‘सी–बिच’



चितवन, मंसिर २७। पर्यटकलाई आकर्षित गर्न चितवनको नारायणी नदी किनारलाई ‘सी–बिच’ का रूपमा विकास गरिने भएको छ । भरतपुर महानगरपालिकाले गौरव आयोजनाका रूपमा ‘सी–बिच’ निर्माण आयोजना अगाडि ल्याएको हो ।

देशकै मध्य भागमा पर्ने नारायणी नदी किनारलाई आकर्षक पर्यटकीय गन्तव्य विकास गर्ने योजना अनुसार काम अगाडि बढेको महानगर प्रमुख रेणु दाहालले जनाईन्।
“लामो समयदेखिको प्रयास कार्यान्वयनको चरणमा आएको छ । हामी एकपछि अर्को गर्दै भरतपुरको विकासमा ‘सी–बिच’ मोडल ल्याएका हौँं,” दाहालले भनिन् । यो मोडलले महानगरकै मात्र नभई चितवनकै गौरव र आर्थिक गतिविधि बढाउने दाबी
उनको दाबी छ ।

पर्यटन विभागले महानगरको गुरुयोजना अनुसार प्रारम्भिक चरणको कामका लागि झण्डै छ करोड रुपियाँ लागतमा डेढ वर्षभित्र काम सम्पन्न गर्ने गरी बोलपत्र आह्वान गरेको छ । यो ‘सी–बिच’ दुुई हजार चार सय मिटर पैदल मार्ग, दुुई ठाउँमा पार्किङ स्थल र बगैँचा निर्माण गरिने छ । नारायणी नदी किनारका लागि महानगरले यसअघि नै २३ करोड रुपियाँको लागत सहितको गुरुयोजना निर्माण गरेकोे थियो । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्